२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

बागमती प्रदेशको बजेट युवा तथा खेलकुद तर्फ रु ७४,००,००,०००

  • २०८१ अषाढ २, आईतबार मा प्रकाशित ६ महिना अघि
  • बागमती प्रदेशले युवा तथा खेलकुद तर्फ रु ७४,००,००,००० छुट्याएको छ ।
    स्वस्थ जीवन तथा अनुशासनका लागि खेलकुद भन्ने मान्यतालाई आत्मासाथ गर्दै खेलाडीहरूको लागि प्रशिक्षणको उचित ब्यवस्था गरी प्रतिभावान् र व्यवसायीका खेलाडीहरूको उत्पादन तथा प्रोत्साह गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।
    १. चितवनको भरतपुर महानगर पालिकामा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई सह लगानीमा सम्पन्न गर्न रु दश करोड छुट्याएको छ ।
    २. हेटौँडाको गौरिटारमा निर्माणधीन अन्तराष्ट्रिय खेलकुद पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु सात करोड पच्पन्न लाख बिनियोजन गरियोको छ ।
    ३. सबैको लागि खेलकुदको अवसर प्रदान गर्न र स्थानीय स्तरमा हुने खेलकुदलाई प्रोत्साहन गर्न खेल पर्यटन विकासको एवम् प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गरिने छ । यस  कार्यका लागि  आठ करोड विनियोजन गरेको छ ।   

    प्रतिक्रिया दिनुहोस