नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले आज विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२७ को निर्णयानुसार कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ।
* आइसीसी टी–२० विश्वकप क्रिकेट एशिया क्वालीफायरमा दोस्रो हुदै विश्व कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही १३ लाख प्रदान, कुल २ करोड ४ लाख ७५ हजार प्रदान गरेको छ ।
* १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरूङलाई १९ लाख ५० हजार प्रदान, कराते टिमलाई कुल २५ लाख ३५ हजार प्रदान गरेको छ ।
* १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक विजेता महिला राष्ट्रिय कबड्डी टिमका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार प्रदान, १९ सदस्यीय टिमलाई ५२ लाख प्रदान प्रदान गरेकोछ ।
*चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान, पारा तेक्वान्दो टिमलाई कुल १६ लाख ९० हजार प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस