२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

एशियन बक्सिङका लागि जुनियर र स्कुल स्तरीय खेलाडी छनाेट प्रतियोगिता शुक्रबार (आज) देखि सुरु

  • २०८१ श्रावण ११, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • एशियन बक्सिङका लागि जुनियर र स्कुल स्तरीय खेलाडी छनाेट प्रतियोगिता शुक्रबार (आज) देखि सुरु हुने भएकाे छ । नेपाल बक्सिङ महासंघकाे आयाेजनामा सातदोबाटो स्थिति अन्तर्राष्ट्रिय खेलकुद परिषरकाे केन्द्रीय बक्सिङ प्रशिक्षण हलमा शुक्रबार बाट छनाेट प्रतियोगिता सुरु हुने बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले बताएका छन् ।

    महासचिव भण्डारीका अनुसार देश भरिका ३५ क्लबबाट जुनियर केटा ८१ जना, जुनियर केटी ८ जना, बिद्यालय केटा ४३ जना, विद्यालय केटी १४ जना गरि कुल १२५ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २०८१ भाद्र ११ देखि २५ गते सम्म अर्थात अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख सम्म AI Ain UAE, मा हुन गईरहेकाे एएसबिसि यशियन जुनियर तथा स्कुल बाेईज एण्ड गल्स बक्सिङ च्याम्पियनसिप २०२४ मा सहभागी हुनेछन् ।

    जुनियर तर्फ ४६ केजी, ४८ केजी, ५० केजी, ५२ केजी,५४ केजी,५७ केजी,६० केजी,६३ केजी, ६६ केजी,७० केजी ७५ केजी, ८० केजी र प्लस ८० केजी गरि जम्मा १३ ताैल समूह समावेश छ भने स्कुल गल्स एण्ड बईज तर्फ ३३ केजी, ३५ केजी, ३७ केजी,४० केजी, ४३ केजी, ४६ केजी, ४९ केजी,५२ केजी,५५ केजी, ५८ केजी, ६१ केजी, ६४ केजी, ६७ केजी, ७० केजी, र प्लस ७० केजी गरि १५ ताैल समूह समाबेश रहेकाे अन्तर्राष्ट्रिय टेक्निकल अफिसर पुष्करराज पन्तले जानकारी दिएकाछन् ।

    साउन ११ गते आज हुने खेलहरुकाे ताैल र स्वास्थ्य परिक्षण बिहान ६:३० देखि ७:३० बजे सम्म सातदोबाटो स्थित राष्ट्रिय बक्सिङ प्रशिक्षण हलमा हुने आईटिओ पन्तले जानकारी दिएकाछन् ।
    सौजन्य.युवा संदेश

    प्रतिक्रिया दिनुहोस