धादिङकी एरिका गुरुङले एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक हासिल गरेकी छिन् ।
फाइनल (महिला कुमिते ६८+ केजी) मा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित भएपछि उनी स्वर्ण बाट भने बञ्चित भइन् ।
एरिकाले १९ औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन्। उनी व्यक्तिगत तर्फ एसियन गेम्समा रजत जित्ने दोस्रो नेपाली खेलाडी हुन्।
एसियाडमा करातेमा रजत पदक जित्ने एरिका पहिलो खेलाडी हुन्।
प्रतिक्रिया दिनुहोस