पोखरा महानगरपालिका – २३ बाम्दिमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधी धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ। आइतबार भएको फाइनल खेलमा शान्त भलिबल ट्रेनिंग सेन्टर भकुन्डे, पोखरालाई ३–० को सोझो सेटमा हराउदैँ धादिङले उपाधी जितेको हो ।
धादिङले २५–१०, २५–७ र २५–९ को सेटमा सहज जित निकालेको हो । जितसगै धादिङले नगद एक लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको शान्त भलिबल टिमले नगद रु. ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिता धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका क्षेत्री उत्कृष्ट स्पाइकर, रिता बोहोरा उत्कृष्ट सेटर, रस्मीता दुरा उत्कृष्ट डिफेन्डर र विरु लामा उत्कृष्ट कोच घोषित भइन ।
शान्त भलिबलका श्रृष्टी खत्री र अन्जना खड्का क्रमश: उत्कृष्ट सर्भर र उत्कृष्ट मिडफिल्डरघोषित भए । सात विधामा उत्कृष्ट घोषित भएकाले १/१ थान भलिबल पुरस्कार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस