२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

बूढानीलकण्ठलाई हराउँदै गण्डकीको लगातार चौथो जित

  • २०८० श्रावण २२, सोमबार मा प्रकाशित १ साल अघि
  • २२ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत पुरुषतर्फको खेलमा बूढानीलकण्ठलाई ३–१ ले हराउँदै गण्डकी प्रदेशले चौथो जित निकालेको छ ।

    गण्डकीले बूढानीलकण्ठलाई २५–१४, २२–२५, २५–१८ र २५–२२ मा पराजित गरेको हो ।

    गण्डकीले शनिबार पहिलो खेलमा विभागीय टिम एपीएफलाई हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिममाथि जित निकालेको गण्डकीले तेस्रो खेलमा कोशी प्रदेशलाई हराएको थियो ।

    बूढानीलकण्ठको भने यो चौथो हार हो । पहिलो खेलमा हेल्प नेपालसँग हारेको बूढानीलकण्ठ, दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो भने तेस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको हो ।

    आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० ले पराजित गरेको छ ।

    आज लिगमा बाँकी पाँच खेल हुनेछन् । तेस्रो खेल आर्मी र सुदूरपश्चिम खेलकुद क्लबबीच हुनेछ । चौथोमा हेल्प नेपाल र एपीएफबिच खेल हुनेछ ।

    चार खेल पुरुष टिमको हुनेछ भने पाँचौं, छैटौं र सातौं खेल महिलाको हुनेछ ।

    पाँचौं खेल एभरेष्ट भलिबल क्लब र चन्दागिरि नगरपालिका न्यूडाइमण्ड क्लबबीच हुनेछ । छैटौं खेल दुई विभागीय डर्बीको हुनेछ । नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्नेछन् । आजको अन्तिम खेलमा त्रिभुवन आर्मी र कर्णाली खेलकुद विकास काउन्सिलको हुनेछ ।

    प्रतिक्रिया दिनुहोस