युरोकपको १७ औं संस्करण आज , जेष्ठ ३२ देखि असर ३० सम्म हुदैछ । मिनी विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता ६ समुहमा बिभाजन गरिएको छ । प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियममा खेलाईदै छ । समुह चरणका खेलपछि समुहमा शिर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् । उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि हुदैछ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस