२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

नेपालले टस जितेर फिल्डिंग रोजेको छ

  • २०८१ अषाढ १, शनिबार मा प्रकाशित ६ महिना अघि
  • आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।  नेपाली समय अनुसार शनिबार बिहान ५ः१५ बजे आर्नस भेल स्टेडियममा सुरु भएको छ  । नेपालले टस जितेर फिल्डिंग रोजेको छ ।

    नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुगिसकेको छ  । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

    अमेरिकाको फ्लोरिडामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल र श्रीलंकाले समान १ अंक बाढेका थिए । नेपाल र श्रीलंकाले यो विश्व कपमा जोडेको त्यो पहिलो अंक हो । त्यो खेल रद्दसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

    फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट आइपुग्दा स्पिनर सन्दीप लामिछाने थपिनुले नेपाली टोलीको मनोबल पक्कै केही बढेको भने छ । नेपाली टिममा  कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अभिनाष बोहोरा खेल्ने भएको छ ।

    त्सयसै गरि सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन् । उनले दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको खण्डमा टि ट्वान्टी आईमा उनको विकेट संख्या एक सय पुग्नेछ । कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा

    प्रतिक्रिया दिनुहोस