२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

टी–२० विश्वकपमा अफगानिस्तानको टोलीले इतिहास रच्दै सेमिफाइनलको टिकट पाए संगै देश भर खुसियाली

  • २०८१ अषाढ ११, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानको टोलीले इतिहास रच्दै सेमिफाइनलको टिकट पाएको छ । अब सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । सुपर ८ मा भारतसँग पराजित भएपछि अफगानिस्तानले उत्कृष्ट पुनरागमन गर्दै अष्ट्रेलिया र बंगलादेश जस्ता टोलीलाई पराजित गर्दै सेमिफाइनलको टिकट पाएको हो । अफगानिस्तानले बंगलादेशसँग निकै रोमाञ्चक खेल खेलेको छ । कम स्कोरको खेलमा अफगानिस्तानले बंगलादेशलाई अलआउट गर्दै क्रिकेट जगतमा सनसनी मच्चाएको छ ।
    यो जितपछि पुरै अफगानिस्तान सेमिफाइनलमा पुगेकोमा खुसी छाएको छ । वेस्ट इन्डिज होस् वा अफगानिस्तान, टोलीका फ्यानहरू सडकमा उत्रिएका छन् र उत्सव मनाइरहेका छन्। यो जितपछि अफगानिस्तानको सडकमा भीड एकजुट भएर उत्सव मनाइरहेको देखिन्छ । यसैबीच, जितपछि अफगानिस्तानका खेलाडीहरू पनि रोएको देखियो । कप्तानसहित सबै खेलाडीले खुसीको आँसु बगाएर मनाएका थिए । अर्कोतर्फ अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले पनि क्याप्टेन राशिद खानलाई भिडियो कल गरेर जितको बधाई दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस