२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

सेन्ट्रल एशियन (काभा) यू–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन् नेपाली टोली आज प्रस्थान

  • २०८१ श्रावण १, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • माल्दिभ्सको मालेमा २०८१ साउन ३ देखि ८ गते (जुलाई १८–२३, २०२४) सम्म आयोजना हुने सेन्ट्रल एशियन (काभा) यू–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन् नेपाली टोली आज प्रस्थान गरेका छन् ।

    संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि कुमार राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो । यस्तै  एभरेस्ट भलिबल क्लबका अर्जुन घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ भने  जुनु पुन टोलीको व्यवस्थापक रहेकी  छिन । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहति चार राष्ट्रको सहभागिता रहेको छ ।

    काभा यु–२० महिला टोली:-  जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री

    प्रतिक्रिया दिनुहोस