२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

नेपालले आज इरान संग बदला लेला त ?

  • २०८१ श्रावण २२, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • सेमिफाइनलमा नेपाल आज इरान संग खेल्दै छ। राउन्ड रोबिन लिगको तेस्रो खेलमा इरानसँग पराजित भएपछि नै नेपालले यही प्रतिद्वन्द्वीसँग सेमिफाइनल खेल्ने लगभग निश्चित भएको थियो ।
    सोमबार लिगको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराए पनि पाँच राष्ट्रसम्मिलित प्रतियोगिताको शीर्षस्थानमा उक्लिन सकेन । राउन्ड रोबिन लिगपछि नेपाल दोस्रो स्थानमा रह्यो । नेपालले ४ खेलमा ३ जित र १ हार सामना गरेको थियो । त्यो हार इरानसँग नै रहेको थियो । इरानसँगको लिग खेल नेपालले ३–२ को सेटमा गुमाएको हो ।
    अंक तालिकाको आधारमा नेपाल ९ अंक सहित दोस्रो स्थानमा छ भने भारत १० अंक सहित पहिलो र इरान ७ अंक जोड्दै तेस्रो स्थानमा छ ।
    नेपाल र इरानको खेल आज बेलुका ५:१५ बजे हुने छ ।

    प्रतिक्रिया दिनुहोस