सोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा मदेश युनाईटेडले ३ बिदेसी खेलाडीको कोटा पुरा गरेको छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेशमा अहिलेसम्म ८ नेपाली र ३ विदेशी गरी ११ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
१. काजकिस्तानकी कालिनोभा यभजिनिया
३५ वर्षिय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टोलीका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । स्पाइकर उनको उचाई १ सय ८० सेन्टिमिटर रहेको बताइएको छ ।
२. ट्युनिसियाकी योस्रा जेरामदिनी
ट्युनिसियाको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी २३ वर्षीय जेरामदिनी सँग रसियन लिग खेलेको अनुभव रहेको बताइएको छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १ सय ८४ सेन्टिमिटर छ ।
जेरामदिनीले मधेश अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै नेपालमा खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।
३. भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभात
२८ वर्षिय सेटर जिनीलाई आबद्ध गरेसँगै तीनजना विदेशी खेलाडी अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको छ। जिनीले मधेशबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उनले भनेकी छिन् ‘मैले यसअघि नेपाल आएर ४ पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्न आउँदैछु । लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।’
प्रतिक्रिया दिनुहोस