२०८१ भाद्र २४, सोमबार मा प्रकाशित ३ महिना अघि
दक्षिण एसियाली जुनियर यू-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली भारतको चेन्नई प्रस्थान गर्दैछ। टोलीमा नेपालका विभिन्न धावक तथा जम्पर खेलाडीहरू समावेश छन्, जसले विभिन्न इभेन्टहरूमा प्रतिस्पर्धा गर्नेछन्।
१. आदेशकुमार यादव: १००/४०० मिटर दौड
२. युवराज विक: १००/२०० मिटर दौड
३. बादल कार्की र अजय विक: १५००/३००० मिटर दौड
४. विशाल गुरुङ: लङजम्प/त्रिपलजम्प
१. अस्मिता भुजेल र नारायणी भण्डारी: १५००/३००० मिटर दौड
२. डिना गोपाली: १००/२०० मिटर दौड
३. अनिशा थारु: ४०० मिटर दौड, लङजम्प, त्रिपलजम्प
टोलीका मुख्य प्रशिक्षक उषाकुमारी कर्ण र प्रशिक्षक विमला राना रहेका छन्। आदेशकुमार यादव, बादल कार्की, र अजय विक बाहेक सबै खेलाडीहरूको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। टोलीलाई सफलताको शुभकामना दिँदै कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे।
प्रतिक्रिया दिनुहोस