२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

धादिङ सिद्धलेक -२ खिर्रेमा स्व. लोक बहादुर गुरुङ स्मृति कप खुल्ला  पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

  • २०८१ भाद्र ३१, सोमबार मा प्रकाशित ३ महिना अघि
  • तमु युवा समाज सिद्धलेक -२‚ धादिङको आयोजनामा असोज २७ गते देखी २९ गते सम्म स्व. लोक बहादुर गुरुङ स्मृति कप खुल्ला  पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेएको भ छ ।

    प्रतियोगितामा एक टिममा १२ जना खेलाडी कोच १ र १ म्यानेजर गरी जम्मा १४ जना सहभागी हुन पाउने छ । तर एउटा टिममा कम्तीमा ९ जना खेलाडी सोही पालीकाको हुन पर्ने छ भने बाँकी ३ जना भने बाहिरको खेलाडी खेलाउन पाउने जानकारी आयोजकले दिएको छ ।
    उक्त प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी‚ मेडल‚ प्रमाणपत्र र नगद रु १‚११‚१११ रुपैयाँ द्वितीय टिमले ट्रफी‚ मेडल‚ प्रमाणपत्र र नगद रु ५५‚५५५ रुपैयाँ र तृतीय टिमले ट्रफी‚ मेडल‚ र नगद रु ३३‚३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
    दर्ता मिति- २०८१ असोज २४ गते सम्म तोकिएका छ भने दर्ता शुल्क रु ५००० तोकेको आयोजकले बताएको छ ।

    सम्पर्क नम्बर- ९८४१७३७६३२‚ ९८१००२४१९६‚ ९८४१७२२९९४‚ ९८४१६५६६४७

    प्रतिक्रिया दिनुहोस