२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

काभा महिला क्लब च्याम्पियनसीपमा एक खेल अगावै नेपाल फाइनल प्रवेश गर्न सफल आज साँझ पौने ६ बजे माल्दिभ्स संग भिड्दै -Urgen Sports

  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • नेपालको विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै काभा महिला क्लब च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

    गएराति भएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सको क्लब वाम्कोलाई पाँच सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले  दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै २५-२० को नतिजा हात पार्यो । तेस्रो सेटमा २१-२५ ले हारेपछि पुलिसले चौथो सेटमा पुनः कमब्याक गर्यो र २५-१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म धकेल्यो । पाँचौं तथा निणार्यक सेटमा घरेलु टोलीलाई १५-१३ ले पछि पार्दै पुलिस एक खेल अगावै फाइनल प्रवेश गर्न सफल भयो । जारी प्रतियोगितामा अपराजित पुलिसका लागि यो लगातार चौथो जित थियो ।

    यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ ।

    लिग चरणको अन्तिम खेलमा पुलिसले आज साँझ पौने ६ बजे माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ ।

    पुलिसको भलिबल टोली
    कप्तान- मला पुन‌,  उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द

    मुख्य  प्रशिक्षक – रुपेश विष्ट

    सहायक प्रशिक्षक – सुशिला थापा

    प्रतिक्रिया दिनुहोस