बागमती प्रदेश खेलकुद विकास परिषद्को मिति २०८१ कार्तिक ८ गते बसेको १९ औं बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुद -२०८१ का लागि बागमती प्रदेश बाट खेलाडी सहभागी गराउन आफ्नो तयारी अगाडि बढाएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको माननीय मन्त्री हरि प्रभा खडकी ( श्रेष्ठ ) को अध्यक्षतामा बसेको बैठकमा बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक तामाङले प्रस्तावना पेश गर्नुभएको भएको थियो । बैठकले अनुमानित खर्च १२ करोड ७३ लाख २ हजार ८ सय पचास रुपैयाँ तय गरेको छ। अब छिटै प्रदेश छनोट गरि खेलाडीहरूको लागि बन्द प्रशिक्षण सुचारु गरिने बताएको छ ।
त्यसैगरी बागमती प्रदेश भित्रका खेलाडीहरूको तथ्याङ्क अभिलेखीकरण गर्ने र खेलकुद पाठ्यक्रम तयार गरि बागमती प्रदेश भर प्रत्येक जिल्लाको २ विद्यालयमा परीक्षणका लागि लागू गर्ने निर्णय भएको परिषद्का बोर्ड सदस्य अमृत तामाङले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस