नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । नेपाली क्रिकेट प्रेमी प्रतियोगिताका लागि व्यग्रतापूर्वक प्रतिक्षामा छन् ।
नेपाली क्रिकेटको यो महाकुम्भ मंसिर १५ गतेदेखि सुरु हुनेछ । उद्घाटन खेलमा विराटनगर किंग्स् र जनकपुर बोल्ट्स खेल्दैछन् ।
कुन टोली कस्तो ?
विराटनगर किंग्
एमएडी ड्रिम स्पोर्ट्सले अक्सनबाट एक करोड ५१ लाख रुपैयाँमा यस टोलीलाई किनेको हो । टिमको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछाने छन् ।
टोली – विराटनगर किंग्
मार्की खेलाडी : सन्दीप लामिछाने
अन्य खेलाडी : जितेन्द्र मुखिया, बसिर अहमद, लोकेश बम, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, मृगंल गुरुङ, अनिल खरेल, राजेश पुलामी ।
विदेशी खेलाडी : मार्टिन गप्टिल (न्युजिल्यान्ड), अकिब इल्यास (ओमान), क्रिस सोल (स्कटल्यान्ड), इस्मत आलम (अफगानिस्तान), निकोलस किर्तन (क्यानडा) ।
आइकनिक खेलाडी – कमल खत्री, फिर्दोश अन्सारी र सुजन थपलिया ।
मुख्य प्रशिक्षक – केभिन ओ‘ब्रियन
गुडविल ब्रान्ड अम्बासडर – दयाहाङ राई
जनकपुर बोल्ट्स
यो टोली एनपीएलको तेस्रो महँगो टोली हो । ड्रिम स्पोर्ट्सले जनकपुर बोल्ट्सको स्वामित्व दुई करोड पाँच लाखमा किनेको हो ।
टोलीको मार्की खेलाडीका राष्ट्रिय क्रिकेट टोलीको विकेटकिपर आसिफ सेख छन् ।
टोली- जनकपुर बोल्ट्स
मार्की खेलाडी : आसिफ सेख
अन्य खेलाडी : अनिल साह, ललितनारायण राजवंशी, हेमन्त धामी, सुवास कंसाकार, किशोर महतो, शेर मल्ल, रुपेश सिंह, तुल थापा, आकाश त्रिपाठी, अरनिको यादव ।
विदेशी खेलाडी : जिम्मी निसम (न्युजिल्यान्ड), मोहम्मद माहसिन (पाकिस्तान), जोसुवा ट्रोम्प (अमेरिका), सोहैब मक्सुद (पाकिस्तान), लहिरी मिलान्था (अमेरिका), हर्ष ठाकर (क्यानडा), बेन माइक (इंग्ल्याण्ड) ।
आइकनिक खेलाडी – ओमकार यादव, विशाल सुस्लिन, साइमोन रोय, नविन यादव ।
मुख्य प्रशिक्षक – पुबुदु दासानायके
ब्रान्ड अम्बासडर – पूजा महतो
चितवन राइनोज
चितवन मेडिकल कलेजले यस टोलीलाई एक करोड ७६ लाख रुपैयाँमा किनेको हो । टिमको मार्की खेलाडीको रूपमा नेपाली क्रिकेट टिमका युवा ब्याटर कुशल मल्ल छन् ।
टोली- चितवन राइनोज
मार्की खेलाडी : कुशल मल्ल
अन्य खेलाडी : शरद भेषवाकर, कमलसिंह ऐरी, दीपक बोहरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रञ्जित कुमार, विपीन रावल, अमरसिंह रौटेला, दीपेश खतिवडा ।
विदेशी खेलाडी : जान निकोल लफ्टी इटोन (नामिबिया), रवि बोपारा (इंग्ल्यान्ड), लुक बेन्किन्सटन (इंग्ल्यान्ड), हसन एसाखिल (अफगानिस्तान) ।
आइकनिक खेलाडी – सलाहुद्दीन खान ।
मुख्य प्रशिक्षक – उमेश पटवाल
काठमाडौं गुर्खाज
काठमाडौं गुर्खाज एनपीएलको दोस्रो महँगो टोली हो । यसलाई कान्तिपुर मिडिया ग्रुपले तीन करोड ३३ लाखमा किनेको छ। टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही छन् ।
राष्ट्रिय टिमका बलर करण केसीलाई काठमाडौंले मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले अक्सनबाट भीम सार्की र साहब आलमलाई सबैभन्दा धेरै १५ लाख रुपैयाँ खर्चिदै टिममा भित्र्याएको छ । स्टेफन एस्किन्जी र डान डथवेथ टिमका चर्चित विदेशी अनुहार हुन् ।
टोली- काठमाडौं गुर्खाज
मार्की खेलाडी : करण केसी
अन्य खेलाडी : साहब आलम, दीपेश कँडेल, कृष्ण कार्की, राशिद खान, विवेक केसी, सुमित महर्जन, शंकर राना, प्रतिक श्रेष्ठ, कृष कार्की ।
विदेशी खेलाडी : गेर्हार्ड इरास्मस (नामिबिया), माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किन्जी (इंग्ल्याण्ड), डान डथवेट (इंग्ल्याण्ड), नाथन सोटर (इंग्ल्याण्ड)
आइकनिक खेलाडी – क्रिस कार्की ।
मुख्य प्रशिक्षक – वसन्त शाही
ब्रान्ड अम्बासडर – इन्दु बर्मा (क्रिकेटर)
आइकनिक खेलाडी-क्रिस कार्की
पोखरा एभेन्जर्स
यो एनपीएलको सबैभन्दा महँगो टिम हो । नेपाल टी–ट्वान्टी प्रा.लि.ले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको हो ।
टिम भारतीय प्रशिक्षक राजीव कुमारको प्रशिक्षणमा छ । राजीव इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली चेन्नई सुपर किंग्सका फिल्डिङ प्रशिक्षकसमेत हुन् ।
टोली- पोखरा एभेन्जर्स
मार्की खेलाडी : कुशल भुर्तेल
अन्य खेलाडी : आकाश चन्द, तीर्थराज दास, सागर ढकाल, सुनम गौतम, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, विपीन खत्री, दिलीप नाथ, किरण ठगुन्ना ।
विदेशी खेलाडी : बास डे लिडे (नेदरल्यान्ड्स), माइकल लिस्क (स्कटल्यान्ड), आन्द्रियास गौस (अमेरिका), म्याट क्रिट्चली (इंग्ल्यान्ड), रेमोन रेफर(वेस्ट इन्जिड) ।
आइकनिक प्लेयर – सुदीप अर्याल ।
मुख्य प्रशिक्षक – राजीव कुमार
मेन्टर – जोन्टी रोड्स
लुम्बिनी लायन्स
फच्र्युन हेल्थ केयरले क्यानबाट एक करोड ८६ लाखमा लुम्बिनीको स्वामित्व किनेको हो ।
टिमको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कन्सलट्यान्ट प्रशिक्षक समेत रहेका फाडनिस छन् । नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचन टिमको मेन्टर छन् ।
लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलकै कप्तानीमा मैदान उत्रिनेछ । टिमले अभिनेता राजेश हमाललाई ब्रान्ड अम्बासडरको रूपमा नियुक्त गरेको छ ।
टोली – लुम्बिनी लायन्स
मार्की खेलाडी : रोहितकुमार पौडेल
अन्य खेलाडी : अर्जुन साउद, सूर्य तामाङ, विकाश आग्री, दिनेश अधिकारी, अभिषेस गौतम, आयुतोष घिरैया, सन्दीप जोरा, दूर्गेश गुप्ता, तिलकराज भण्डारी, विवेक यादव ।
विदेशी खेलाडी : बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मोरेस (इंग्ल्यान्ड), रोमन सिमोन्ड्स (वेस्ट इन्डिज) ।
आइकनिक खेलाडी – आरिफ खान ।
मुख्य प्रशिक्षक – नन्दन फाडनिस
मेन्टर – शक्ति गौचन
ब्रान्ड अम्बासडर – अभिनेता राजेश हमाल
कर्णाली याक्स
एनपीएलमा सबैभन्दा चर्चा भएको टिम हो, कर्णाली याक्स । यो सबैभन्दा सस्तो टोली पनि हो ।
यसको स्वामित्व हिमालयन बिल्डर्सले क्यानबाट एक करोड ११ लाख रुपैयाँमा खरिद गरेको थियो । यसको प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल छन् ।
कर्णाली नेपाली टिमका नियमित सदस्य सोमपाल कामीको कप्तानीमा मैदान उत्रिने छ । भारतीय टिमका पूर्वओपनर शिखर धवन सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् ।
कर्णालीले नेपाली टिमका युवा अलराउन्डर गुल्शन झालाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । उनलाई किन्न अन्य टिमले पनि प्रतिस्पर्धा गरेका थिए तर, चिठ्ठामार्फत गुल्शनलाई कर्णालीले आफ्नो पक्षमा पारेको हो ।
टोली – कर्णाली याक्स
मार्की खेलाडी : सोमपाल कामी
अन्य खेलाडी : गुल्शन झा, देव खनाल, मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, रित गौतम, अर्जुन घर्ती, भुवन कार्की, युनिस सिंह, नन्दन यादव ।
विदेशी खेलाडी : शिखर धवन (भारत), हुसैन तलात (पाकिस्तान), चान्डविक वाल्टन (वेस्ट इन्डिज), बाबर हायात (हङकङ) ।
आइकनिक खेलाडी – विपिनप्रसाद शर्मा ।
मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
ब्रान्ड अम्बासडर – स्वस्तिमा खड्का
यूथ ब्राण्ड अम्बासडर – सिसन बानियाँ
सुदूरपश्चिम रोयल्स
क्यानबाट सुदूरपश्चिम रोयल्सको स्वामित्व इम्पायर स्पार्ट्सले एक करोड ६८ लाख रुपैयाँमा किनेको थियो ।
टिमको मुख्य प्रशिक्षकमा नेपाली युवा टिमको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेका जगत टमाटा छन् । सुदूरपश्चिमले अस्ट्रेलियाका पूर्वमध्यक्रम ब्याटर ब्राड हगलाई मेन्टरमा बनाएको छ ।
टिमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । सुदूरपश्चिमले नेपाली टिमकै मध्यमक्रम ब्याटर आरिफ सेखलाई अक्सनबाट १५ लाख रुपैयाँमा किनेको छ ।
टोली – सुदूरपश्चिम रोयल्स
मार्की खेलाडी : दीपेन्द्रसिंह ऐरी
अन्य खेलाडी : विनोद भण्डारी, भोजराज भट्ट, अभिनाश बोहरा, खडक बोहरा, नरेश बुढाएर, अर्जुन कुमाल, इशान पाण्डे, नरेन साउद, आरिफ सेख, अमित श्रेष्ठ ।
विदेशी खेलाडी : ब्रान्डन म्याकमुलम (स्कटल्यान्ड), सेफ अली जेब(इङ्ल्यान्ड), स्टक कगेलेन(न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई) ।
आइकनिक खेलाडी – वसन्त खत्री ।
मुख्य प्रशिक्षक – जगत टमाटा
कन्सलट्यान्ट – ब्राड हग
मेन्टर – ब्राड हज
सोसियल एक्टिभिस्ट अम्बासडर – केपी खनाल
खेलाडीको पारिश्रमिक
एनपीएलमा मार्की खेलाडीको पारिश्रमिक २० लाख रुपैयाँ छ । यो रकम क्यानले तय गरेको हो । अन्य नेपाली खेलाडीको पारिश्रमिक अक्सनबाट तोकिएको छ ।
विदेशी खेलाडीको हकमा भने सम्बन्धित टोलीले तोक्न सक्नेछ । विदेशी खेलाडीको पारिश्रमिक अहिलेसम्म कुनै टिमले सार्वजनिक गरेको छैन ।
पुरस्कार राशी
एनपीएलमा भएको बृहत लगानीले सबैको ध्यानकर्षण गरिरहँदा खेल समर्थकमाझ यसको पुरस्कार राशी कति होला भने चर्चा चलिरहेको छ । समर्थक पनि एनपीएलको पुरस्कार राशी थाहा पाउन आतुर छन् ।
यद्यपि, क्यानले यसको औपचारिक घोषणा भने गर्न बाँकी नै छ । तथापि, पुरस्कार राशी आकर्षक हुने अनुमान गरिएको छ ।
‘प्लेयर अफ दि सिरिज’लाई कार
एनपीएलको सर्वोत्कृष्ट खेलाडीले एउटा कार प्राप्त गर्नेछ । ‘प्लेयर अफ दि सिरिज’लाई शारडा समूहले कार दिनेछ । एनपीएलको मार्की खेलाडीदेखि अक्सन र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दा नेपाली क्रिकेटरको आर्थिक स्थिति बलियो बन्ने आशा सबैले गरेका छन्।
खेलाडीको आर्थिक स्थिति सुधार भएसँगै भौतिक संरचना निर्माण र नियमित रुपमा प्रतियोगिताहरु आयोजना भए नेपाली क्रिकेटले नयाँ उचाइ लिने विश्वास छ।
टिकट मूल्य
त्रिवि क्रिकेट मैदानमा भीआईपी र सामान्यतर्फ गरी लगभग १२ हजार दर्शक क्षमता रहेको छ । उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ ।
लिग अन्य खेलमा साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ ।
यस्तै, प्लेअफ खेलमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ ।
कसरी हेर्ने ?
क्यानले एनपीएलको अन्तराष्ट्रिय प्रसारणका लागि स्टार स्पोर्ट्ससँग सम्झौता गरेको छ । स्टार स्पोर्ट्स क्रिकेट खेल प्रसारण गर्ने विश्वकै चर्चित टीभी च्यानल हो ।
युट्युब वा इन्टरनेटमा फ्यानकोड च्यानलबाट हेर्न सकिनेछ । नेपालको हकमा भने डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । डिशहोमले एनपीएलका सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ ।
एनपीएलका सम्पूर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहज रुपमा हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस