नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि नीलकण्ठ बालमन्दिर माविले तीन पटक जीति शील्ड सधैँकों लागि आफ्नो बनाएको छ । धादिङबेसीमा सम्पन्न प्रतियोगितामा २७ स्वर्ण,१८ रजत र १२ कांस्य पदकसहित नीलकण्ठ बालमन्दिर माविले उपाधि जित्न सफल भएकाे हो । यसैगरी धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालय दोस्रो हुन सफल भएको छ ।
चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयले ५ स्वर्ण,१ रजत र ६ कास्य ल्याएर दाेस्राे हुन सफल भएकाे हाे । उक्त प्रतियाेगितामा नगरपालिका भित्रका २९ वटा विद्यालयहरूले भाग लिएका थिए । यसैगरी शखादेवी मावि ४ स्वर्ण ६ रजत र ५ कास्य पदक सहित तृतिय हुन सफल भएको छ । प्रतियोगितामा छात्र र छात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टस् विधामा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विद्यागत प्रथम र द्वितीय,तृतीय बन्न सफल विद्यालयहरुलाई नगद सहित शिल्ड,मेडल र प्रमाणपत्रद्वारा सम्मान गरीएको थियो।
कार्यक्रममा नीलकण्ठ नगरालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना,उप–मेयर दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।
प्रतिक्रिया दिनुहोस