सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । एपीएफ जारी लिगमा अपराजित छ । एपीएफ आफ्नो शत प्रतिशत नतिजालाइ निरन्तरता दिँदै तालिकाको शीर्ष स्थानमा र्फकन चाहन्छ । अन्तिम चरणको लिग तालिकाको तेस्रो स्थानमा रहेको एपीएफको एक खेलबाट तीन अंक छ । यसअघिको खेलमा एपीएफले बागमती युथ क्लबमाथि पाँच एक गोलको फराकिलो जित हात पारेको थियो ।
वालिङ भने नेपाल पुलिस क्लबसँग पाँच एक गोलले पराजित भएको थियो । वालिङका लागि पुनरामनगको मौका छ । तर राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफ सँगको खेल वालिङका लागि चुनौतीपूर्ण रहनेछ । आज जित हात पारे एपीएफ पुलिसलाईपछि पार्दै शीर्ष स्थानमा उक्लनेछ ।
पुलिसको दुई खेलबाट चार अंक छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबको पनि समान खेलबाट चार अंक नै छ । पहिलो चरणको लिगमा एपीएफले वालिङमाथि दुई एक गोलको जित हात पारेको थियो ।
सो बेला १२ औं मिनेटमा रेनुका नगरकोटी र ३८ औं मिनेटमा रश्मी घिसिङले गोल गरेका थिए । वालिङका लागि ८० औं मिनेटमा सिसी नान्टोंगोले सान्त्वना गोल फर्काएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस