मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई संघर्षपूर्ण खेलमा हराउँदै पुलिस फाइनलमा पुगेको हो ।
पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेटमा २५–२७ ले गुमाएपनि दोस्रो सेट २५ – १४ ले आफ्नो पक्षमा ल्याउन सफल भएको हो । त्यसपछिको २ सेट पनि पुलिसले २५–२१ र चौथो सेट २७-२५ मा जित्दै अन्तिममा पुगेको हो । त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबकाबिच खेल्दै गर्दा प्राकृतिक समस्या भएको हुदा यो खेल स्थागित भएको हो । प्राविधिक साथीहरुसंग छलफल गरेर भोली कुनै सामाजिक संजाल मार्फत सूचना दिने भनेर मदन भण्डारीस्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्षले बताउनु भएको छ । भोलि हुने त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबकाबिचको विजेतासंग पुलिसले फाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया दिनुहोस